
फागुन २९, दैलेख
नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले अहिलेको परिस्थितीमा नेपाली कांग्रेसका कार्यकर्ता निकै संयम भएर मिओ बन्नुपर्ने सुझाव दिएका छन् ।
नेपाल शिक्षक संघले आयोजना गरेको जिल्ला प्रतिनिधि सभामा बोल्दै खड्काले कम्युनिस्ट शासनको तीन वर्षे कहालीलाग्दो अवस्थाबाट मुलुकले मुक्ति पाउन लागेको बताएका छन् । यस्तो अवस्थालाई बिश्लेषण गर्दै कांग्रेस अव सबैको मिओ बनेर अगाडी बढ्नुपर्ने देखिएको छ । कार्यकर्ताहरु निकै सुझबुझका साथ जनतामाझ प्रस्तुत हुनुपर्ने बेला आएको खड्काले बताएका छन् ।
सबै राजनीतिक दलहरूलाई मिलाएर विगतको इतिहास जस्तै कांग्रेस मियो बनेर देशलाई दुर्घटनाबाट बचाउन अग्रसर हुने समय आएको बताए ।
मुलुक नयाँ निर्माण होला भन्दै जनताले झण्डै दुई तिहाइ मत दिएर पठाए तर कम्युनिस्टहरु सत्ताको मोहमा फसेर भ्रष्टाचार, कुसंस्कार र अधिनायकवादी प्रपञ्च रचेर जनताले दिएको अधिकार झनै संकुचन र नियन्त्रण गर्ने तर्फ अघि सरेको आरोप लगाएका छन् ।
महामन्त्री खड्काले दुई तिहाईको अहंकारका कारण अर्काको नाम जवर्जस्ती खोसेर आफ्नो बनाएको नेकपालाई सर्वोच्च अदालतले दुई चिरा पारिदिएको बताए । ‘दुई तिहाईको बलमा अर्काको नाम जवजस्ती खोसेर आफ्नो बनाएको नेकपालाई सर्वोच्चले फेरि दुई चिरा पारिदिएको छ,’ उनले भने, ‘अव कांग्रेस आफ्नो अनुभव, परिपक्वता र बुद्धिमत्ताका साथ देशको नेतृत्व गर्छ ।
अव कांग्रेसले बिगतमा गरेका गल्ति र कमिकमजोरीहरुलाई सच्चाउँदै देश र जनताको पक्षमा स्पष्ट भएर अभिने बेला आएको बताएका छन् ।
गलत प्रबृत्ति र संस्कारबाट आफु र पार्टीपंक्तिलाई मुक्त बनाउने अभियानमा लाग्न नेता तथा कार्यकर्ताहरुलाई निर्देशन समेत दिएका छन् ।
अहिले मुलुकमा देखिएको नयाँ परिस्थितिको नेतृत्व लिनका लागि कांग्रेस पनि रुपान्तरण भएर अघि बढ्नुपर्ने आवश्यकता देखिएको छ । समय परिवर्तन सँगै अव कांग्रेसले विगतकै गाथा बोकेर होइन नयाँ परिबेशको बिश्लेषण गरेर अघि बढ्न नसके कांग्रेसमा पनि पुरानै रोग हावी हुने र मुलुकले निकाश नपाउने अवस्था आउन सक्ने बताएका छन् ।










